चितुवालाई जितिन् किशोरीले

Source: Kantipur

Chituwaकाभ्रे – दिदीभाइ आँगनमा खेलेर रमाउँदै थिए । त्यो रमाइलो केही बेरमै भताभुंग भयो । चितुवाले उनको भाइलाई घिसार्न थाल्यो । दिदीले अर्कोपट्टबिाट तान्न थालिन् । लामो समय चलेको खोसाखासमा उनी भाइलाई जोगाउन सफल भइन् ।
चितुवाको मुखबाट आफ्नो भाइलाई खोसेर ल्याउने ती साहसी किशोरी हुन्- नासिकास्थान साँगा ७, खाल्चोककी सजना तामाङ । ‘भाइले दिदी भन्दै चिच्यायो,’ १० दिनअघिको घटना सुनाउँदै उनले भनिन्, ‘बाघले पो घिसार्दै रहेछ ।’ चितुवाले दुई कान्ला तलसम्म पुर्‍याएपछि उनले भाइ कुमारको खुट्टा समात्न भ्याइन् । चितुवाले छोड्दै छाडेन । तानातान गर्दागर्दै अर्को दुई कान्ला तल पुगिसकेको थियो । ‘धेरै बेरको खोसाखोसपछि चितुवाले छोडेर गयो,’ १३ वषर्ीया सजनाले भनिन्,् ‘भाइले मलाई समात्यो ।’
त्यतिखेरसम्ममा ‘चितुवा आयो’ भन्दै सजनाले चिच्याएको सुनेर गाउँलेहरू जम्मा भइसकेका थिए । साँझ अँध्यारोले छोपिएपछि देखिएका चमेरा लखेट्दै दुवै जना आँगनमा खेलिरहेका थिए । ८ वषर्ीय भाइ कुमारका साथ सजना खेलिरहँदा उनीहरूकी आमा सुशीला घरभित्र खाना पकाउँदै थिइन् । ‘त्यतिखेर त चितुवासँग डर लागेन,’ भाइको घाउमा मलमपट्टी गर्न सोमबार बनेपा आएकी सजनाले भनिन्, ‘अहिले सम्भिmँदा भने डर लाग्छ ।’ भाइलाई उपचारपछि राम्रो भएकाले खुसी लागेको उनले सुनाइन् । आक्रमणमा परेर कुमारको घाँटी र हातमा गम्भीर चोट लागेको थियो । आठ दिनसम्म बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार गरेपछि कुमारलाई शुक्रबार घर लगिएको उनका बाबु सुरेशले बताए । ‘उसको दिदीले नतानेको भए छोरोलाई चितुवाले लाने थियो,’ उनी भन्छन् । सुरेश भने त्यो दिन आफन्तकहाँ कुशादेवी गएका थिए ।
केही वर्षअघि हजुरआमाको घरमा बाख्रा तान्न आएका बेला उनले चितुवा देखेकी थिइन् । ‘त्यतिखेर सानो थियो,’ उनले भनिन्, ‘अहिलेको भने जिउमा पाटा भएको ठूलो थियो ।’ रयाले गाविसको शान्ति निकेतन माविमा कक्षा ७ मा पढ्ने सजना अहिले ‘बाघसँग जुध्ने केटी’ भनेर गाउँभरि चिनिएकी छन् । ‘सबैले बाघसँग जुधेको हो भनी सोध्छन्,’ सजनाले सुनाइन् । पहाडी क्षेत्रमा बाघ पाइँदैन । गाउँलेहरू चितुवालाई नै बाघ भन्ने गर्छन् । ‘अस्पतालका डाक्टरले पनि केटी कस्ती रहिछ भनेर हेर्न खोजेको थियो,’ सजनाका बाबु सुरेशले भने । डाक्टरले भनेपछि उनले सजनालाई अस्पतालमा पनि लगेका थिए । चिकित्सकका अनुसार कुमारलाई घाँटीमा अलि बढी चोट लागेको छ ।
घटनाको १५ मिनेटपछि पुग्दा सजनाको घरमा रुवाबासी चलिरहेको छिमेकी प्रकाश सापकोटाले बताए । ‘वारिपारि गाउँलेहरू बाघ आयो भन्दै कराउँदै थिए,’ उनले भने, ‘केटा बेहोसजस्तै देखिन्थ्यो, अस्पताल लगिहाल्यौं ।’ त्यसको चार दिनअघि पनि छिमेकी गाउँ कुशादेवीको तेलमालेमा चितुवा आक्रमणले एक बालकको मृत्यु भएको उनले सुनाए । ‘चितुवाको डरले गाउँमा एक्लाएक्लै कोही हिँड्न सकेका छैनन्,’ उनले भने ।

One Response to चितुवालाई जितिन् किशोरीले

  1. भिम says:

    मर्द छोरीले साहसी काम गरिछन्।

Leave a comment