contributed by -रामजी
हाम्रो यस् पटकको पिकनिक निकै रमाइलो भयो। पिकनिक स्थान पनि निकै रमणिय थियो। त्यस्तो चर्को घाममा पनि शितल प्रदान गर्ने पिपलको रुख, त्यस्तो खोचमा पनि सररर बतास चलेको, जताततै हरियाली, अनि छेउमा एउटा नदी। कस्तो रमणिय! त्यो स्थानमा हामी नेपाली जम्मा भई यस्तो कार्यक्रम गर्न पाएकोमा निकै भाग्यमानी ठानेका छौ। हामीहरुको जमघटमा जहिले पनि उपस्थित समुदाय एउटै हुने हुनाले त्यहा अनुपस्थित् साथीहरुको महसुस भएको थियो। तर के गर्नु! अर्को पटक सबै जना मिलेर फेरी त्यही ठाउमा जानु पर्छ। फेरी एक पटक रमाइलो गर्नु पर्छ । त्यही क्षणमा खिचेका फोटाहरु यहाँ प्रस्तुत गरेको छु। तपाईंहरुले पनि केही फोटाहरु upload गर्नु होला। हाम्रो NSA ब्लगलाई पनि facebook लाई जस्तै तस्बिर हरुले सुसज्जित गरौ।
पिकनिक कार्यक्रम सफलता र हर्सोल्लास्का साथ मनाउने सुअबसर प्रदान गरेकोमा सबै साथीहरु र NSA body लाई धेरै धेरै धन्यवाद।
हाम्रा मोडेलहरु

Posted by Admin