खुल्दुली
महभित्र मिसावट केही मिसायौ कि कसो
देख, भेट छैन अचेल, कहीं रिसायौ कि कसो
**
अथाहमा उम्रिएको, जोशको हुर्को हरायो कि खै
दिलको दरबार दानामा कहीं पिसायौ कि कसो
**
खुल्दुली
महभित्र मिसावट केही मिसायौ कि कसो
देख, भेट छैन अचेल, कहीं रिसायौ कि कसो
**
अथाहमा उम्रिएको, जोशको हुर्को हरायो कि खै
दिलको दरबार दानामा कहीं पिसायौ कि कसो
**
१.
एक बेलुका
मेरा बालाई ओछ्यानमा सुताएर
मेरो छोरो मनिर आयो र उत्साहित हुँदै भन्यो
ए बा !
मैले भने -के बा ?
उसले भन्यो- मलाई पनि बूढो हुन मन लाग्यो बा !
छक्क पर्दै मैले सोधेँ – किन बा ?
२.
उसले भन्यो- लौ हेर्नोस् त बा,
सबैको माया बूढालाई
सबैको श्रद्धा बूढालाई
मान बूढालाई
सम्मान बूढालाई
मिठो मसिनो खानपान बुढालाई
सिरक बाक्लो बूढालाई
डसना चाक्लो बूढालाई
पेन्सनपट्टा बूढालाई
मिश्रीको बट्टा बूढालार्इर्र्कपाल फुलेकै भरमा वरिष्ठ नाम बूढालाई
कामै नगरी सरकारी दाम बूढालाई
जहाँ पनि अगिल्लो स्थान बूढालाई
चैतमा पनि तातोपानीको स्नान बूढालाई
खिर बूढालाई गुँद बूढालाई
बाक्लो तर् भाको दूध बूढालाई,
चाँदीको बिँड भाको लौरो बूढालाई
मखमलको तातो दौरो बूढालाई
ए बा !
त्यही भएर मलाई पनि बूढो हुन मन लाग्यो ।
३.
बिचार गर्नु त बा !
ऊ भन्दै गयो-
ढकमक्क फुलेको टाउको लिएर बाहिर निस्कँदा
यसले पनि ‘नमस्ते’ गथ्र्यो होला
उसले पनि र्’दर्शन्’ भन्थ्यो होला
‘हजुरवा सन्चै ?’ -सोध्थे होलान् छिमेकीहरूले
‘ खाना खानुभो हजुरबा -’- भन्थे होलान् युवकहरूले
‘बुबा यता बस्नोस् न’
- बसमा सिट छाड्थे होलान् युवतीहरूले
‘कस्तो दुव्लाउनुभाको ठूलोबा’
- मुसार्थे होला भतिजाभतिजीले
‘ल हेर खोकेको !
मह चटाउँथी होला बुहारीले
‘अमेरिका घुम्न कहिले आउने बुबा -’
छोरीको फोन आउँथ्यो होला
‘पहिला जापान आइस्यो’
छोराले ढिप्पी गथ्र्यो होला
बुढीले पनि शंका गर्दिनथी होला
बेलाबेलै बाझेर माइत झर्दिनथी होली
खाइन्थ्यो होला हलुवा, जूस र स्याऊ
के छोइन्थ्यो होला र नाथे दाल भात झ्याऊ ।
लौ न बा, मलाई छिट्टै बूढो हुन मन लाग्यो ।
तिमीलाई त्यो बिहानीमा, देखे-देखे जस्तो लाग्छ
धेरै पहिला एकदिन कतै, भेटे-भेटे जस्तो लाग्छ
**
संझना कि सोधनी यो, मलाई आफै ज्ञान छैन
तिम्रो नाउँमा कहीं कतै, लेखे-लेखे जस्तो लाग्छ
**
-भिम बहादुर थापा।
परदेशको पगरीमा
इन्द्रेणीको देख्दा कला
व्याथा आफ्नो बिर्सी सबै
छर्दा हाँसो कसो होला?
**
अरुको यो आँगनीमा
इन्द्रेणीले क्यान्भास छर्दा
मेरो माटो संझी एउटा
कला भर्दा कसो होला?
**
-भिम बहादुर थापा
व्यस्तताको जञ्जाल फोडी, तिमीसँग बोल्न आएँ
सुनसानको सङ्घार तोडी, आज पर्दा खोल्न आएँ
**
बाह्रैकाल बसन्त त, के आँउथ्यो र बिर्से भईगो
बैशाखको धुपमै खेल्दै, आज माया घोल्न आएँ
**
साथ दिने त्यो वाचा त, छाँयासरी बिलाई गईगो
चुनौतिका कठघरामा, आज जोखिम मोल्न आएँ
** **
~शोभा चापागाँई दाहाल
प्यारी छोरी तिम्रो नाममा कविता लेख्न मन लाग्यो
मन भरिका भावना कवितामा पोख्न मन लाग्यो
तिमीलाई आफ्नो ममताले गुटुमुटु छोप्न मन लाग्यो
तिम्रो मिठो मुस्कानमा दु:ख सारा भुल्न मन लाग्यो
कलीला तिम्रा हातहरु चल्दा खुशीले झुम्न मन लाग्यो
सुन्दर तिम्रो मुहारमा मायाले चुम्न मन लाग्यो
कोमल तिम्रा ओठहरुमा मुस्कान छर्न मन लाग्यो
कुनजर नलागोस्!निधारमा कालो टिका राख्न मन लाग्यो
बोल्न खोज्दा तिमीले आफ्नो स्वर दिन मन लाग्यो
उढ्न खोज्दा तिमीले आफ्नो हात दिन मन लाग्यो
तिम्रो सुन्दर हेराइमा डुबुल्की मार्न मन लाग्यो
तिमीसँग रम्दै दिन रात बिताउन मन लाग्यो
तिमी खेल्दा तिम्रो साथी बनी दिन मन लाग्यो
तिमी हाँस्दा कम्मर भाँची नाची दिन मन लाग्यो
छोरी तिम्रो सामिप्यमा बसी राख्न मन लाग्यो
छोरी तिम्रो आगमनमा कविता मन लाग्यो
-by Eezya
Grade-2 , Pullman
My parents are really nice
But they don’t like mice
Its very nice to have a pet
But my parents don’t let
My parents like grapes
But they don’t like apes
My parents like pie
But they don’t like to cry
Lastly, my school’s name is Franklin Fox
Plus it has a lots of box.
My principal’s name is Mr. Moore
But he doesn’t get that bored
~उपेन्द्र पुरुष दाहाल
देश छोडि परदेश बस्दा
दु:ख छोडि सुख रोज्दा
कस्तो लाग्यो हजुरलाई ?
आमा बालाई यक्लै छोड्दा
जन्म दिनमा यक्लै रुँदा
कस्तो लाग्यो हजुरलाई ?
आफन्त कोही नजिक नहुँदा
खुशी बाँड्न साथी नपाउँदा
कस्तो लाग्यो हजुरलाई ?
परिवारको न्यानो छोड्दा
वातावन्कुलित भाको कोठा रुँङ्दा (वातावन्कुलित = air condition )
कस्तो लाग्यो हजुरलाई ?
भात छोडि पिज्जा किन्दा
अचारलाई ketchup ले टार्दा
कस्तो लाग्यो हजुरलाई ?
नेपाली छोडि अङ्ग्रेजी बोल्दा
आफुले बोलेको अरुले नबुझ्दा
कस्तो लाग्यो हजुरलाई ?
कसरत हुने पैदल छुट्दा
मोटोपन बढाउने गाडी चड्दा
कस्तो लाग्यो हजुरलाई ?
समय कटाउन अन्तर्जाल खोल्दा (अन्तर्जाल = internet)
बेस्वादको यो कविता पढ्दा
कस्तो लाग्यो हजुरलाई ?