हेमनाथ घिमिरे,
बाहुन डाँडा, लमजुङ ।
बधाई छ रामजी-पूजा, बधाई छ निहा ।
अर्की लक्ष्मी आइन घर प्यारी सानी निभा ।।
हाम्रा प्यारा निहा-निभा आखाका यी नानी ।
बढ्दै जाउन, पढ्दै जाउन भई धेरै ज्ञानी ।।१।।
गीत गाइ निहा नाच्दा शरद त्यों नाच्छ ।
सानी निभा मुस्काउदा बसन्त नै हास्छ ।।
प्यारो मित्र दम्पतिका मुस्कानका मूल ।
शरद र बसन्तका दुई थुंगा फूल ।।२।।
बढ्दै जाउन शुक्ल पक्षे जुन बढे सरि ।
जीवन होस सधै भरि पूर्णिमा जसरि ।।
हेम-लीला तर्फबाट सदा शुभ-इच्छा ।
सौरभ र गौरवको माया मिठो सच्चा ।।३।।
(पेराक, मलेसिया २०६६ साउन ३२ गते)
Posted by Admin